Khoj Sansar
काठमाडौं, २८ फागुन २०८२ । इजरायल-अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व राजनीतिको तापक्रम मात्र बढाएको छैन, आयातमा निर्भर नेपालजस्तो देशको अर्थतन्त्रमा समेत संकटको संकेत देखाएको छ ।
उक्त सैन्य मुठभेडले विश्वव्यापी आपूर्ति शृङ्खला खल्बलाउँदा पूर्णरूपमा आयातमा निर्भर नेपालमा खाना पकाउने एलपी ग्यास, चामल, दाल, खानेतेल, तरकारी, फलफूल र इन्धन मूल्य अस्वाभाविक रूपमा बढ्ने र उपभोक्ताले त्यसको महँगो मूल्य तिर्नुपर्ने जोखिम देखिएको छ । नेपाली उपभोक्ताले दुई महिनादेखि ग्यास अभाव झेलिरहेका छन् ।
खाडी तनावको सिधा असर बुधबार अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ अमेरिकी डलर छ । यस्तै रेड सी (लाल सागर) र हर्मुज जलसन्धिमा सिर्जना भएको अवरोधका कारण खानेतेलको कच्चा प...